कर सहजीकरणका लागि आन्तरिक राजस्व विभागसँग नाडाको आग्रह

कर सहजीकरणका लागि आन्तरिक राजस्व विभागसँग नाडाको आग्रह

केन्द्रबिन्दु
0
Shares

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको ६ सदस्यीय प्रतिनिधि मण्डलले आन्तरिक राजश्व विभागका नव नियुक्त महानिर्देशक रितेशकुमार शाक्यसँग भेटी आन्तरिक राजश्व सम्बन्धी नीतिगत विषयहरुमा छलफल गरेको छ।

बुधबार सम्पन्न भेटघाट तथा छलफलको क्रममा अध्यक्ष थापाले नाडाबाट हरेक वर्ष संचालन हुने तालिम कार्यक्रममा त्यस विभागले गर्दै आएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै नाडाले निकट भविष्यमा नै ७ वटै प्रदेशमा आयोजना गर्ने कर सम्बन्धी तालिम कार्यक्रममा पनि सहयोगको लागि आग्रह गरे । सो क्रममा अध्यक्ष थापाले सवारी साधन बिक्री गर्दा पैठारीकर्ता तथा डिलरहरुले बैंक तथा वित्तीय निकायहरुको अनिश्चितताको कारण मूल्य अभिबृद्धि करको विल विजक काट्न ढिलाई हुने र सो समयमा वास्तविक स्टकसमेत नदेखिने कुराको जानकारी गराउँदै सो व्यवहारिक कठिनाइको सहजीकरणका लागि आग्रहसमेत गरे।

छलफलको क्रममा उपाध्यक्ष सुनिल रिजालले स्पेयर पार्टस पैठारीकर्ताहरुले अनिवार्यरुपमा कम्प्युटर विल जारी गरि सो विलमा एच.यस. कोडसमेत उल्लेख गरिनु पर्ने भन्दै अटोमोवाइल स्पेयर पार्टसको अनधिकृत आयातको रोकथामका लागि सीमा नाकाहरुलाई कडाई गरिनुपर्ने धारणा राखे ।

छलफलमा बोल्दै नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल व्यवसायीहरुलाई मूल्य अभिबृद्धि करमा अनिवार्य दर्ता गर्नुपर्ने विषयलाई कडाइका साथ लागू गर्ने व्यवस्थाका लागि अनुरोध गर्दै अनलाइन पेमेन्टको व्यवस्थाका लागिसमेत आग्रह गरे।

छलफलको अन्त्यमा महानिर्देशक शाक्यले सिष्टममा सुधार गरिने, खुला सीमा राज्यकै समस्या भएको, सबै करदाताहरुका लागि एउटै व्यवस्था गरिने बताउँदै नाडाले बजेट सुझावमा आवश्यक सबै राय सुझावहरु राखि दिन आग्रहसमेत गरे। छलफलमा उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराईले व्यवसायीहरुले विल विजकहरु यथासक्य छिटो काट्ने व्यवस्थाका लागि आग्रहसमेत गरे।

छलफलमा सो विभागमा उपमहानिर्देशकहरु गोविन्दप्रसाद सुवेदी र रमेश शर्मा पौडेलसमेतको उपस्थिति थियो । छलफलमा निर्देशक पदमकुमार श्रेष्ठ समेतको उपस्थिति थियो। छलफल तथा भेटघाटमा सचिव विक्रम सिंघानिया लगायत कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवालसमेतको उपस्थिति थियो।

Logo