रसुवागढी भन्सारबाट फागुनमा ६३.६१ प्रतिशत मात्रै राजस्व संकलन

रसुवागढी भन्सारबाट फागुनमा ६३.६१ प्रतिशत मात्रै राजस्व संकलन

केन्द्रबिन्दु
0
Shares

रसुवा भन्सार कार्यालय टिमुरेले फागुन महिनामा लक्ष्यको ६३ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को फागुन महिनामा राखेको लक्ष्यको ६३ दशमलव ६१ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो।

रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार फागुन महिनामा कार्यालयले ५७ करोड ७१ लाख १५ हजार राजस्व संकलनको लक्ष्य राखेको थियो। तर, कार्यालयले ३६ करोड ७० लाख ९८ हजार मात्रै राजस्व संकलन गर्‍यो। जुन लक्ष्यको तुलनामा २१ करोड १७ हजार कम संकलन भएको हो। 

रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्तशुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गर्दछ।

Logo