निर्वाचनमा एमालेले सजाय पाउनुपर्छ: झलनाथ खनाल (भिडियाे)

निर्वाचनमा एमालेले सजाय पाउनुपर्छ: झलनाथ खनाल (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठुलो सजाय पाउनुपर्ने बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले संसद विघटन गरेर संविधानको उलंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठुलो सजाय दिनुपर्ने बताएका हुन् । पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानको प्रावधानविरुद्ध गएर संसद् विघटन गर्ने योजना बनाउने काममा ओलीलाई सहयोग गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीप्रति पनि असन्तुष्टि व्यक्त गरे। ऐन उलंघन हुँदा एउटा नागरिकले जेलमा कैदीको रूपमा जीवन बिताउनुपर्ने तर संविधान उलंघन गर्दा पनि केपी ओलीले सजाय नपाउने अवस्था रहन नहुने भन्दै उनले नेपाली जनताले उनलाई निर्वाचनको माध्यमाबाट सजाय दिनुपर्ने बताए । नेता खनालले आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठुलो सजाय पाउनुपर्ने दाबी गर्दै उनको बाकसमा ‘जिरो’ मत हुनुपर्ने बताए । उनले भने, ‘संविधानका प्रावधानहरूको विरुद्ध गएर संसद् विघटन गर्ने योजना बनाए । यो अर्को दक्षिणपन्थी अवसरवाद हो । दक्षिणपन्थी भडकावको कुरा हो । अपराधको कुरा पनि हो त्यो । संविधान कसैले उलंघन गर्दा खेरी एउटा सामान्य ऐन उलंघन गर्दा खेरी मान्छे जेल जान्छ । तर संविधान नै उलंघन गर्ने मान्छेलाई खै सजाय अहिलेसम्म ? त्यसकारणले कमरेडहरु, अब सजाय दिने बेला आएको छ । अव यो आउने निर्वाचनमा केपी ओलीले सबभन्दा ठुलो सजाय पाउनुपर्छ । र, उनको बाकसमा जिरो मत पाउनु पर्छ हेर्नुस् । तब मात्रै वास्तवमा नेपाली जनताले सही ढंगले संविधानको रक्षा गरेको ठहरिन्छ । तपाई, हामीले पनि संविधानको रक्षा गरेको ठहरिन्छ । यस्ता खालका आपराधिक काम उनले गरेका छन् ।’

खनालले आगामी निर्वाचनमा सत्तारुढ दलहरुबीच खासखास ठाउँमा मात्रै चुनावी तालमेल हुने भन्दै आफ्नै खुट्टामा उभिएर निर्वाचनमा विजयी हुने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।  

 

Skip This
Skip This
Logo