ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले आयोजना गरेको ताप्लेजुङ जिल्लाको अन्तर पालिका स्तरीय पुरुष फुटसल कपको उपाधि मिक्वाखोला गाउँपालिकाले हात पारेको छ।
शनिबार भएको फाइनलमा मिक्वाखोला र मैवाखोलाले निर्धारित समयमा २–२ गोलको बराबरी खेलेपछि अन्तिम निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । जसमा मिक्वाखोला ४–३ गोलले विजयी भयाे।
प्रतियोगिताको उत्कृष्ट खेलाडी मैवाखोलाका सन्तकुमार राई भएका छन् । मिक्वाखोलाका देवी गिरी र पुजन लिम्बू क्रमशः हाइस्कोरर र उत्कृष्ट गोलकिपर भएका छन्।
काठमाडौँको ज्ञानेश्वर स्थित प्राइम फुटसलमा भएको खेलमा ८ पालिकाबाट १३ टीम सहभागी भएका थिए । खेलमा प्रथम हुने मिक्वाखोलाले ५१ हजार, ट्रफी र दोस्राे हुने मैवाखोला गाउँपालिकाले ३१ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
ताप्लेजुङबाट काठमाडौँ अस्थायीरूपमा बसोबास गर्दै आएकाहरूको भेटघाट र सामीप्यता बढाउनको लागि यस्ता आयोजनाहरू महत्वपूर्ण हुने सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताएका छन् ।































प्रतिक्रिया