कांग्रेस नेतृ कोइरालाद्वारा प्रोफेशनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपको उद्घाटन

कांग्रेस नेतृ कोइरालाद्वारा प्रोफेशनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपको उद्घाटन

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसको अवसरमा प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप सुरु भएको छ। 

नेपाली कांग्रेसकी नेतृ एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले राष्ट्रिय खेलकुद परिषद्को हलमा शनिबार सो च्याम्पियनसिपको उद्घाटन गरेकी हुन्।

पुरुष तर्फ ५५ देखि ६३ केजी तौल समूहमा तथा महिला तर्फ ४७ देखि ५५ केजी तौल समूहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। सो प्रतियोगितामा सात प्रदेश तथा विभागिय टोलीबाट छनौट भएका खेलाडीहरुबीच रोचक प्रतिस्पर्धा हुनेछ। 

यस प्रतियोगिताका प्रथम हुने खेलाडीले नगद ५ सय यूएस डलर, दोस्रो हुनेले ३ सय डलर तथा तेस्रो हुनेले २ सय डलर प्राप्त गर्ने आयोजक समितिकी संयोजक तुलसी थापाले जानकारी दिइन्।

Logo