नयाँ वर्षमा बाइक किन्ने र नकिन्ने दुवैथरि ग्राहकलाई टिभिएसकाे नगद उपहार

नयाँ वर्षमा बाइक किन्ने र नकिन्ने दुवैथरि ग्राहकलाई टिभिएसकाे नगद उपहार

केन्द्रबिन्दु
0
Shares

टिभिएस बाइकको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष अफर ल्याएको छ। उक्त अफर अन्तर्गत बाइक किन्ने र नकिन्ने दुवै ग्राहकले नगद र उपहार पाउन सक्ने भएका छन्।

‘आयो, पायो, पर्यो र सोर्यो’ ट्याग्लाइनसहित सार्वजनिक गरिएको सो अफरमा ग्राहकले टिभिएस नेपालको सोसल मिडियामा सहभागीता जनाएकै आधारमा ५० हजार नगददेखि बम्परमा ३ जना भाग्यशाली बिजेताले अपाचे आरआर ३१० मोटरसाइकल जित्न सक्नेछन्।

मोटरसाइकल नकिन्दै टिभिएस नेपालको सोसल मिडियामा सहभागिता जनाएकै आधारमा ५० हजारसम्म नगद उपहार पाउन सकिने सो स्किम अन्तर्गत ग्राहकले कम्पनीको वेभसाइट टिभिएस नेपाल डट कम/न्यू इयरमा दर्ता गर्दा अर्को ५० हजारसम्म नगद उपहार पाउने छन्।

यसैगरी मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट र बम्परमा किन्ने र नकिन्ने दुवै ग्राहक मध्येबाट ३ जना भाग्यशाली बिजेतालाई ८ लाख रुपैयाँ मूल्य पर्ने अपाचे आरआर ३१० मोटरसाइकल प्रदान गरिने बताइएको छ।

Skip This
Skip This
Logo