हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेकाे छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार मंगलबार पहाडी भूभागमा आंशिक बदली रहनेछ। बुधबार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने आँकलन गरिएकाे छ। पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना पनि छ।





























प्रतिक्रिया