म्यादी प्रहरीमा युवाको आकर्षण: ललितपुरमा एकै दिन ४०३ जनाले दिए आवेदन

म्यादी प्रहरीमा युवाको आकर्षण: ललितपुरमा एकै दिन ४०३ जनाले दिए आवेदन

केन्द्रबिन्दु
0
Shares

ललितपुर प्रहरी परिसर जावलाखेलमा आइतबार पहिलो दिन ४ सय ३ जनाले आवेदन दिएका छन् । 

प्रहरी परिसरका प्रहरी निरीक्षक पुस्कर बोगटीका अनुसार ललितपुरमा निर्वाचन प्रयोजनका लागि १ हजार २ सय ४ जना म्यादी प्रहरीमा आवेदन मागिएकोमा पहिलो दिनमै उत्साहजनक रूपमा युवा युवतीले आवेदन बुझाएका हुन् ।

४० दिनका लागि देशभर १ लाख १९ हजार म्यादी प्रहरी मागिएको छ । 

आइतबार बिहान १० बजेबाट प्रहरीले फारम वितरण गरेको थियो । दिउँसो १ बजे फारम वितरण बन्द भएको प्रहरी परिसरमा भेटिएका रमेश लिम्बुले बताए ।

ललितपुरमा ६ वटा स्थानीय तहका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । 

Skip This
Skip This
Logo