लेटाङ घटनामा प्रधानमन्त्रीको चासो

लेटाङ घटनामा प्रधानमन्त्रीको चासो

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी जवानको हत्या घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।

यौन दुर्व्यवहारको आरोप लागेका स्थानीय शिक्षकलाई आफैंले कारबाही गर्न पाउनु पर्ने माग गर्दै भएको झडपमा स्थानीयले छुरा हानी प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या गरेका थिए । झडपमा प्रहरी उपरीक्षकसहित २८ प्रहरी र ७ जना स्थानीय घाइते भएका थिए । 

सुन्दरहरैँचा नगरपालिकाको नगर भवन उद्घाटनका लागि पुगेका प्रधानमन्त्री देउवाले तत्काल अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । हत्या अपराधमा संलग्नले उन्मुक्ति पाउनु नहुने बताउँदै उनले शान्ति सुरक्षा बहालीका लागि खटिएका सुरक्षाकर्मीमाथिको आक्रमण अक्षम्य रहेको बताए । 

आइतबार १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेका शिक्षकलाई पक्राउ गर्न पुगेको प्रहरीमाथि स्थानीयले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । आरोपित शिक्षकलाई प्रहरीले संरक्षण गरेको भन्दै स्थानीयले आफैं कारबाही गर्न पाउनु पर्ने भन्दै आन्दोलन गरेका हुन् । 

घटनापछि मोरङ प्रशासनले लेटाङ क्षेत्रमा अनिश्चिनकालिन कर्फ्यू आदेश जारी गरेको छ । घटनामा संलग्न रहेको आशंकमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । 

Logo