रुसले हवाई उपस्थिति बृद्धि गर्‍यो : युक्रेनी सेना

रुसले हवाई उपस्थिति बृद्धि गर्‍यो : युक्रेनी सेना

केन्द्रबिन्दु
0
Shares

रुसी सेनाले पछिल्लो २४ घण्टामा युक्रेनको हवाई क्षेत्रमा आफ्नो हवाई उपस्थिति बढाएको युक्रेनको सेनाले जनाएको छ। ‘धेरै मानवरहित हवाई सवारी साधनहरूको प्रयोगको अतिरिक्त शत्रुले बमवर्षक, आक्रमण र लडाकु विमान, क्रुज  मिसाइलहरू र ब्यालिस्टिक मिसाइलहरू विभिन्न दिशाहरूमा प्रयोग गर्छन्’, युक्रेनको वायुसेना कमाण्डले एक विज्ञप्तिमा भन्यो। 

युक्रेनले सोमबार एउटा रुसी विमान, दुई वटा हेलिकोप्टर र ६ वटा ड्रोन ध्वस्त पारेको दाबी गरेको छ। युक्रेनको दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

यसैबीच, एउटा भिडियो सन्देशमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सशस्त्र फौजले रुसी फौजको सशक्त प्रतिकार गरेको र उनीहरुलाई अगाडि बढ्नबाट रोकेको छ। युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा युक्रेनी फौजले रुसी विमान खसालिदिएको उनले बताएका छन्। 

Logo