एक हजार एक सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एक हजार एक सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
0
Shares

सुनको भाउ बुधवार एक हजार एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

यसअघि, मंगलबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधवार तेजाबी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउ पनि प्रतितलोमा २५ रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार एक हजार तीन सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।

Logo