संवैधानिक परिषद्सम्बन्धी रिटको सुनुवाइ हुँदै

संवैधानिक परिषद्सम्बन्धी रिटको सुनुवाइ हुँदै

केन्द्रबिन्दु
0
Shares

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिटको पूर्ण इजलासमा आज सुनुवाइ हुँदै छ  । इजलासमा कामयमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरीप्रसाद खतिवडा  छन् ।

अधिवक्ता ओमप्रकाश अर्यालले १ पुसमाा  र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २ पुसमा अध्यादेशविरूद्ध रिट दायर गरेका थिए । रिटमार्फत अध्यादेश खारेजीको माग गरिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिर, २०७७ मा अध्यादेश जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस गरेका थिए । असंवैधानिक भन्दै त्रिपाठी र अर्याल त्यसविरुद्ध सर्वोच्च पुगेका हुन् ।

Logo