सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार दिउँसाे बस्दैछ।
दिउँसाे २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक स्थानीय तहकाे निर्वाचनमा केन्द्रित हुने बताइएकाे छ। बैठकमा गठबन्धन, उम्मेद्वारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतमा छलफल हुने नेताहरुले बताएका छन्।
कांग्रेसले फागुन २९ देखि थालेकाे घरदैलाे अभियान चैत २९ मा सकिँदैछ। हालसम्मकाे प्रारम्भिक समीक्षा पनि हुनेछ।
सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोकिसकेका छन्।





























प्रतिक्रिया