सर्लाहीमा ट्याक्टरको ठक्करबाट २ वर्षीय बालकको मृत्यु, ट्याक्टर चालक फरार

सर्लाहीमा ट्याक्टरको ठक्करबाट २ वर्षीय बालकको मृत्यु, ट्याक्टर चालक फरार

केन्द्रबिन्दु
0
Shares

सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका छन् । 

घाइते बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा बेलुकी साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रदेश २– ०३ ००१ त २४३९ नम्बरको ट्रयाक्टरले हिजो साँझ सवा ६ बजे घर अगाडि खेल्ने क्रममा बालकलाई  ठक्कर दिएको थियो । 

ठक्कर पश्चात् चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी नारायणपुर सर्लाहीले जानकारी दिएको छ ।

Logo