गठबन्धनको विरोध गर्नेलाई चुनाव जितेर देखाउन देउवाको चुनौती

गठबन्धनको विरोध गर्नेलाई चुनाव जितेर देखाउन देउवाको चुनौती

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र स्थानीय चुनावमा गठबन्धनको विरोधमा आवाज चर्को भएपछि एक्लै चुनाव जितेर देखाउन चुनौती दिएका छन्।

शुक्रबारबाट सुरु कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले गठबन्धन नगरी चुनाव जित्न चुनौतीपूर्ण रहेको भन्दै जितेर देखाउन चुनौती दिएका हुन्। 

बैठकमा धारणा राख्ने धेरैले गठबन्धन गरेर जान नहुने धारणा राखेका थिए। नेताहरुको धारणापछि देउवाले आफूले देशभरिको अवस्थाका बारेमा जानकारी पाइरहेको भन्दै गठबन्धनको विरोध गर्दा आगामी दिनमा समस्या पर्ने र जितेर देखाउनु पर्ने चुनौती भएकाले सम्हालिएर बोल्न भनेका हुन्। 

गठबन्धनको विपक्षमा धारणा राखेका चितवनका नेताहलाई देउवाले स्थानीय स्तरमा भएका चुनावमा नजित्नेले हामी बलियो छौं भन्नुको अर्थ नभएको भन्दै आक्रोश पोखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। 

Skip This
Skip This
Logo