प्रधानमन्त्री देउवाले बिमस्टेक शिखर सम्मेलनलाई चैत १६ गते सम्बोधन गर्ने

प्रधानमन्त्री देउवाले बिमस्टेक शिखर सम्मेलनलाई चैत १६ गते सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को पाँचौँ शिखर सम्मेलनलाई चैत १६ गते सम्बोधन गर्ने भएका छन् । 

श्रीलंकामा आयोजना हुने सम्मेलनलाई उनले काठमाडौंबाट भर्चुअलरुपमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री देउवा केही दिन अघिसम्म श्रीलंका जाने तयारीमा थिए । अचानक उनको भारत भ्रमण तय भएपछि श्रीलंकामा हुने बिमस्टेक सम्मेलनलाई भर्चुअल रूपमा सम्बोधन गर्ने भएका हुन् । 

बिमस्टेक शिखर सम्मेलनमा प्रत्यक्ष तथा भर्चुअल सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा नारायण खड्का, मुख्यसचिव शंकर दास वैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत छन् । 

Logo