नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन् ।
पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिका स्तरीय भेलामा सहभागी हुन आज पर्वत आएका बस्नेतले कार्यकर्ता भेटघाटमा नेकपा एमालेबाहेक अन्य दलहरु गैरकम्युनिष्ट भएकाले ती दलहरुसँग तालमेल नहुने बताएका हुन्।
उनले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न नेकपा (माओवादी केन्द्र) सहितका कम्युनिष्ट पार्टीलाई आग्रह गर्दै एमाले एक्लै निर्वाचनमा लड्ने गरी तयारी अवस्थामा भएकाे बताए। निर्वाचनमा स्थानीय स्तरको आवश्यकता अनुसार तालमेल पनि हुन सक्ने बताउँदै उनले निर्वाचनमा सक्रिय भएर होमिन कार्यकर्ताहरुलाई आग्रह गरे।





























प्रतिक्रिया