म्यादी प्रहरीका लागि दार्चुलामा तीन गुना आवेदन

म्यादी प्रहरीका लागि दार्चुलामा तीन गुना आवेदन

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचनका लागि खोलिएको म्यादी प्रहरी भर्नामा दार्चुलामा सिट संख्या भन्दा झण्डै तेब्बरले आवेदन दिएका छन् ।  ६ देखि ११ चैतसम्म खुला गरिएको आवेदनमा १९ सय ९८ जनाले म्यादी प्रहरीका लागि दरखास्त दिएको दार्चुलाका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।

दार्चुला जिल्लामा सात सय ४२ जना म्यादी प्रहरीको कोटा रहेकोमा झण्डै तेब्बर जनाले दरखास्त दिएका छन् । कोरोना महामारीपछि आधिकांश बेरोजगार युवा घरमै रहेको तथा उमेर हद अन्य सरकारी विज्ञापनमा भन्दा फराकिलो भएकाले दरखास्त बढी आएको हुन सक्ने अनुमान छ ।

दरखास्त दिएकाहरुका लागि आइतबार सम्पर्क मिति तोकिएको छ । सम्पर्क मितिका दिन जिल्ला प्रहरी कार्यालय दार्चुलामा उपस्थित हुन नसक्नेहरुले नजिकको प्रहरी चौकी वा १०० नम्बरमा फोन गरेर सम्पर्क गर्न सक्ने उनले बताए । जिल्लाको विकट क्षेत्रमा रहेकाहरुले आइतबार नै जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुनु आवश्यक छैन, नजिकको प्रहरी चौकी वा प्रहरीको १०० नम्बरमा फोन गरेर पनि सम्पर्क गर्न सकिन्छ, उनले भने  दरखास्त दिएकाहरुको म्यादी प्रहरीका लागि चैत्र १५ गतेदेखि छनौट सम्बन्धी कार्यक्रम सञ्चालन गरिने दिए । 

Skip This
Skip This
Logo