इन्डियन प्रिमियर लिग : बेंगलोरमाथि पञ्जावकाे सानदार जित

इन्डियन प्रिमियर लिग : बेंगलोरमाथि पञ्जावकाे सानदार जित

केन्द्रबिन्दु
0
Shares

पञ्जाव किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ मा विजयी सुरुआत गरेको छ। २०६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

पञ्जावको जितमा विकेटकिपर भानुका राजपक्षेले आक्रमक ब्याटिङ गर्दै ४३ रनको इनिङ खेले। ओडेन स्मिथ २५, शाहरुख खान २४ रनको योगदान गरे।

बेंगलोरका मोहम्मद शिराजले २ विकेट लिए। अक्षदीप, वानिन्दु हसरंगा र हर्षल पटेलले १–१ विकेट लिए। यसअघि  मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०५ रन बनायो।

बेंगलरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ८८ रन बनाए। दिनेश कार्तिक ३२ रनमा अविजित रहे। यस्तै, विराट कोहलीले ४१ रन बनाए।

Logo