तटस्थ हैसियत कायम गर्नेबारे छलफल गर्न युक्रेन तयार

तटस्थ हैसियत कायम गर्नेबारे छलफल गर्न युक्रेन तयार

केन्द्रबिन्दु
0
Shares

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले तटस्थ हैसियत कायम गर्ने विषयमा छलफल गर्न तयार रहेको बताएका छन् । स्वतन्त्र रुसी पत्रकारहरुसँगको अन्तवार्तामा उनले युक्रेन शान्ति सम्झौताको एउटा अंशको रूपमा तटस्थ हैसियत कायम गर्ने विषयमा छलफल गर्न तयार रहेको बताएका हुन् । 

तर, त्यसका लागि जनमत संग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षबाट हुनुपर्ने उनको भनाई छ । अन्तवार्ताको समयमा उनले रुसी भाषामा सम्बोधन गरेका थिए । गत २४ फेब्रुअरीदेखी रुसले युक्रेनमा आक्रमण सुरु गरेयता शान्तिका लागी युक्रेन र रुसबीच विभिन्न चरणमा वार्ता हुँदै आएको छ । तर विभिन्न चरणमा भएका वार्ता बिनानिस्कर्ष टुंगिएका थिए । अब अर्को चरणको वार्ता यसै साता टर्कीमा हुने भएको छ ।

यसैबीच, युक्रेनको सैन्य गुप्तचर निकायका प्रमुख काइरयलो बुदनोभले रुसले ‘युक्रेनमा उत्तर र दक्षिण कोरिया’ सृजना गर्न लागेको आरोप लगाएका छन् ।

Skip This
Skip This
Logo