निर्वाचन आयोगको ११०२ टोल फ्रि नम्बर आजबाट सञ्चालनमा आउँदै

निर्वाचन आयोगको ११०२ टोल फ्रि नम्बर आजबाट सञ्चालनमा आउँदै

केन्द्रबिन्दु
0
Shares

स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आजबाट टोल फ्रि सञ्चालन गर्ने भएको छ।

निर्वाचन आउन ४५ दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले ११०२ नम्बरको टोल फ्रिका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो। आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सो कार्यका लागि खटिने जनशक्तिलाई अभिमुखीकरण तालिम सम्पन्नसमेत भएकाले आजबाट कल सेन्टर सञ्चालनमा आउन लागेको हो।

वैशाख ३० मा स्थानीय तहकाे निर्वाचन हुँदैछ। आयाेगले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत छनाेट गरिसकेकाे छ। 

Skip This
Skip This
Logo