मतपत्र छाप्न सेनासहित १५० सुरक्षाकर्मीले निगरानी गर्ने

मतपत्र छाप्न सेनासहित १५० सुरक्षाकर्मीले निगरानी गर्ने

केन्द्रबिन्दु
0
Shares

३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि मतपत्र छाप्न नेपाली सेनासहित १५० सुरक्षाकर्मी खटाइने भएको छ । जनक शिक्षा सामग्री केन्द्रले नेपाली सेनासहित सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको हो ।

निर्वाचन आयोगले १७ चैतमा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निणर्य गरेको छ । जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार मतपत्र छपाइस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरामा सुरक्षा तैनाथ हुनेछ । 

‘नेपाली सेनासति १५० जना सुरक्षाकर्मीको निगरानीमा मतपत्र छपाइ हुनेछ, आयोगबाट निर्देशन आए लगत्तै हामी मतपत्र छपाइको काम थाल्नेछौं,’ आचार्यले भने, ‘त्यसका लागि सेनाको टोली आज आउँदैछ । सेनाले मतपत्र छपाइ स्थलको सुरक्षा प्रबन्ध मिलाउनेछ ।’

हाल जनक शिक्षामा कायम सिसिटिभी क्यामेरा पनि थप हुनेछ । तर, कहाँ-कहाँ सिसिटिभी क्यामेरा थप गर्ने भनेर सेनाले निक्र्यौल गर्ने उनले बताए । उनका अनुसार २ करोड मतपत्र छाप्न ९ वटा मेसिन तयारी अवस्थामा राखिएको छ ।

Skip This
Skip This
Logo