न्यायिक समितिको पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनले राष्ट्रिय न्यायिक समिति गठन गरेको छ । राष्ट्रिय समितिको अध्यक्षमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा ११ सदस्यीय न्यायिक समिति महासंघ गठन गरेको हो । समितिमा बिराटनगरकी उपमेयर इन्दिरा कार्की, धरानकी उपमेयर मन्जु भण्डारी, धुलिखेलकी बिमलाकुमारी शर्मा फलेवासकी मञ्जु अधिकारी सदस्य छन् ।
कन्चनपुर पुनर्वासकी शारदा शर्मा विष्ट, सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही, रिव्दीकोटकी लक्ष्मी खनाल, सबैला नगरपालिका उपमेयर दुर्गा प्रसाद राय, जैमिनी नगरपालिका उपमेयर लिला थापा राना र इन्द्रावती गाउँपालिका उपाध्यक्ष रविन्द्र कुमार खाती सदस्य छन् ।
समितिले न्यायिक समितिका अनुभव साझेदारी गर्ने तथा संविधान र ऐनको प्रभावकारी कार्यान्वयनमा सघाउने बताइएको छ । सम्पन्न राष्ट्रिय सम्मेलनले १४ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।





























प्रतिक्रिया