त्रिकोणात्मक टी-२० क्रिकेट : घरेलु मैदानमा लगातार दोस्रो जितको दाउमा नेपाल

त्रिकोणात्मक टी-२० क्रिकेट : घरेलु मैदानमा लगातार दोस्रो जितको दाउमा नेपाल

केन्द्रबिन्दु
0
Shares

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली नेपालले आज बुधबार आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्दैछ। खेल कीर्तिपुरस्थित टियु मैदानमा अपरान्ह साढे १२ बजे सुरु हुनेछ।

शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ। घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा  पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो। 

पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिँदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ। नेपाल सन्दीप लामिछानेको कप्तानीमा रहनेछ। पहिलो खेलमा मलेसियाले समेत पीएनजीलाई पराजित गर्दै राम्रो सुरुआत गरेको थियो। तालिकामा दुबै टोलीको दुई अंक छ।

नेपाल र मलेसियाबीच हेड टु हेड हेर्ने हो भने नेपालले आफूलाई हाबी भएको सिद्ध गरेको छ। ६ पटकको भेटमा नेपालले पाँच पटक जित निकालेको छ भने मलेसिया एक पटक विजयी भएको छ।

Logo