त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला : लगातार दोस्रो जितको दाउमा नेपाल

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला : लगातार दोस्रो जितको दाउमा नेपाल

केन्द्रबिन्दु
0
Shares

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अन्तरगत आज घरेलु मैदानमा नेपालले मलेसियासंग प्रतिस्पर्धा गर्दै छ । घरेलु टोली नेपालले आज बुधबार आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्दैछ । खेल कीर्तिपुरस्थित टियु मैदानमा मध्यान्ह साढे १२ बजे सुरु हुनेछ ।

शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो । नेपाल सन्दीप लामिछानेको कप्तानीमा रहनेछ ।

पहिलो खेलमा मलेसियाले हिँजो पीएनजीलाई पराजित गर्दै राम्रो सुरुआत गरेको थियो । तालिकामा दुबै टोलीको दुई अंक छ । यसअघि मलेसियासंगको ६ पटकको भेटमा नेपालले पाँच पटक जित निकालेको छ भने मलेसिया एक पटक विजयी भएको छ । 

Skip This
Skip This
Logo