नेपाली कांग्रेसद्वारा पार्टीका प्रदेश सभापतिहरुसँग छलफल

नेपाली कांग्रेसद्वारा पार्टीका प्रदेश सभापतिहरुसँग छलफल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन परिचालनबारे पार्टीका प्रदेश सभापतिहरुसँग प्रारम्भिक छलफल गरेको छ । 

पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन समितिले चुनावी तालमेलका विषयमा केन्द्रित भएर प्रदेश सभापतिहरुसँग छलफल सुरु गरेको हो ।

सत्तारुढ गठबन्धन दलहरुसँग चुनावी तालमेल गरेर जाने निर्णय पार्टीले गरेपछि त्यसलाई कसरी व्यवस्थित गरेर जाने भन्ने विषयमा केन्द्रित भएर प्रदेश सभापतिहरुसँग छलफल सुरु गरिएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । 

बैठकमा केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिबीच बलियो समन्वय गरी निर्वाचन परिचालनको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि अन्तरक्रिया गरिएको छ । सहमहामन्त्री पाण्डेले भने, ‘स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक पार्टी उपसभापति पूर्णबहादुर खड्काज्यूको अध्यक्षतामा आज पदाधिकारीहरु र प्रदेश सभापतिहरु सम्मिलित प्रथम बैठक बस्यो । विशेषगरी स्थानीय तह निर्वाचन परिचालनका सन्दर्भमा यसलाई कसरी व्यवस्थित गर्ने र केन्द्रको प्रदेशसँगको समन्वय कसरी व्यवस्थित गर्ने, प्रदेशको जिल्लासँगको समन्वय, जिल्लाको निर्वाचन क्षेत्रसँगको समन्वय कसरी व्यवस्थित गर्ने ? विशेषगरी हामीले निर्वाचनका क्रममा टिकट वितरण गर्ने ठाउँहरु केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति, उनीहरुका बीचमा समन्वयको स्थिति कसरी निर्माण गर्ने, यो एउटा विषयमा हामीले छलफल ग¥यौं । र, अर्को तालमेलमा जाँदैछौं । सत्तागठबन्धनमा भएका राजनीतिक दलहरुसँग तालमेलमा जाँदैछौं । तालमेलमा जाने सन्दर्भमा त्यसका जटिलताहरु के हुन सक्छन, व्यवहारिक जटिलता के हुन सक्छ ? त्यो विषयमा पनि प्रारम्भिक छलफल गरेका छौं ।’

नेपाली काँग्रेसको हालै सम्पन्न केन्द्रिय कार्य समिति बैठकले स्थानीय तह निर्वाचन परिचालन गर्न उपसभापति खड्काको नेतृत्वमा समिति गठन गरेको थियो । 

 
 

Logo