सुनको भाउ बिहीबार एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ।
यसअघि, बुधबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार तेजावी सुन तोलाको ९८ हजार चार सय रुपैयाँमा काराेबार भइरहेकाे छ।
चाँदीको भाउ भने १० रुपैयाँ घटेको छ। बुधबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ५० रुपैयाँ निर्धारण भएको छ।





























प्रतिक्रिया