अमेरिका कतार विश्वकप २०२२ मा छनोट

अमेरिका कतार विश्वकप २०२२ मा छनोट

केन्द्रबिन्दु
0
Shares

कतार विश्वकप २०२२ को लागि अमेरिकाले छनोटबाट सोझै स्थान बनाएको छ। यसअघि सन् २०१८ को विश्वकपमा छनोट हुन असफल भएकाे अमेरिका बिहीबार अन्तिम खेलमा कोस्टारिकासँग २-० अन्तरले पराजित भए पनि उत्तर अमेरिकी छनोटको तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो। 

यस्तै, तालिकाको चौंथो स्थानको कोस्टारिकाले भने अन्तर महादेशीय प्लेअफमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ।

उत्तर अमेरिकी छनोटबाट क्यानडाले शीर्ष स्थानमा रहँदै र मेक्सिकोले दोस्रो स्थानमा रहँदै विश्वकपमा आफ्नो स्थान पक्का गरे।

बिहीबारै भएको अर्को खेलमा मेक्सिकोले एल साल्भाडोरलाई २-० ले पराजित गर्दा क्यानडा पानामासँग १-० ले र होन्डुरस जमैकासँग २-१ ले पराजित भयो।

Logo