नेप्सेमा २३ दशमलव ९५ अंकको गिरावट

नेप्सेमा २३ दशमलव ९५ अंकको गिरावट

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको अन्तिम दिन बिहीबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ। यो साता निरन्तर ओरालो लागेको बजार बुधबार भने उच्च अंकले वृद्धि भएको थियो। आज भने २३ दशमलव ९५ अंकले घटेर २ हजार ५४४ दशमलव ३० विन्दुमा झरेको हो। 

बिहीबार २२८ वटा धितोपत्रको ३७ लाख ८७ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ८९ करोड १ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

बिहीबार १३ वटा समूहमध्ये व्यापार समूह बाहेक बाँकी सबै समूहको परिसूचक घटेको छ।

बिहीबार पनि  ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य सर्किट लाग्ने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्त रहेका छन्।

कारोबार रकमको आधारमा इमर्जिङ नेपालको ९ करोड २३ लाख ८४ हजार २४८ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।  

Skip This
Skip This
Logo