डिस होमका प्रवन्ध निर्देशक आचार्य रिपोटर्स क्लवद्वारा सम्मानित

डिस होमका प्रवन्ध निर्देशक आचार्य रिपोटर्स क्लवद्वारा सम्मानित

केन्द्रबिन्दु
0
Shares

रिपोटर्स क्लवले डिस होमका प्रवन्ध निर्देशक सुदीप आचार्यलाई बिशेष सम्मान गरेको छ। क्लवले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा बिहीबार आचार्यलाई सम्मान गरेकाे हाे। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सम्मान गरे।  

डिस होममार्फत नेपालको पे टीभी उद्योगमा पुर्याएको योगदानको कदर गर्दै उनलाई बिशेष सम्मान गरेको क्लवले जनाएको छ। 

उनको सम्मान पत्रमा लेखिएको छ, 'विश्व बजारमा प्रचलित लोकप्रिय टेलिभिजन प्रविधि ‘डाइरेक्ट टु होम’ मार्फत नेपाली जनताको मन जित्दै नेपालको पे टीभी उद्योगमा क्रियाशील सबैभन्दा सफल र ठूलो कम्पनी डिसहोम मिडिया नेटवर्कको कुशल नेतृत्व गरेबापत तपाईंलाई रिपोटर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवका अवसरमा विशेष सम्मान गरिएको छ। तपाईंको उत्तरोत्तर प्रगतिको शुभकामना।'

Logo