प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले शनिबार रेल्वे सेवाको भर्चुअल उद्घाटन गर्ने

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले शनिबार रेल्वे सेवाको भर्चुअल उद्घाटन गर्ने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा भर्चुअल माध्यमबाट शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्ने भएका छन्। 

प्रधानमन्त्री देउवा र भारतका समकक्षी मोदीले शनिबार दिउँसो साढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट सो रेल सेवाको भर्चुअल उद्घाटन गर्ने भएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले यसअघि नै संचालनमा आएको सो रेल सेवा विस्तारसहित पुनः संचालनका ल्याउन लागिएको र त्यसको औपचारिक उद्घाटन प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले भर्चुअल संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए । त्यसका लागि जनकपुर रेल्वे स्टेशनमा मण्डल निर्माण गरिएको छ। जयनगरमा अतिविशिष्ट व्यक्तिहरु रहने र त्यहाँबाट प्रोजेक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम देखाइने छ।

त्यसपछि दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेछ । प्रत्येक स्टेशनमा स्कुलका बालबालिकाहरु नेपाल भारतको झण्डा लिएर रेलको स्वागत गर्नेछन्। उनीहरुलाई समेत त्यही रेलमा चढाएर कुर्था ल्याइनेछ । कुर्थामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री  रेणुकुमारी यादवले रेल चढेर जनकपुरसम्म आउने र त्यहाँ उद्घाटनको अन्य कार्यक्रम गरिने कार्य तालिका रहेको छ।

रेल संचालनका लागि सबै प्रकारको आवश्यक तयारी पूरा भइसकेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले रेल्वे संचालन भएपछि धनुषाका स्थानियवासीहरुलाई यातायातमा सहजता आउनुका साथै उनीहरुलाई आवतजावत गर्न निकै सुविधा हुने बताइन् ।

भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा बनिरहेको छ । परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना रहेकोे छ । यता रेल्वे संचालन र उद्घाटन हुन लागेपछि स्थानियबासीहरुलाई यातायातमा सहजता आउने स्थानीय अवधेस कामतको कथन रहेको छ।

शनिबार (भोलि) नेपाल रेलवेको उद्घाटन भएपछि आइतबारदेखि दैनिक रुपमा दुई पटक आउने र जाने गरि रेल चल्ने महाप्रबन्धक झाले बताए । बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ भने दुई घण्टापछि कुर्था स्टेशनमा पुग्नेछ । त्यस्तै जनकपुरधामको कुर्थाबाट पौने ११ बजे रेल्वे जयनगरका लागि निस्कने छ । सो रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताए ।

जयनगर गएको रेल पूनः ३ बजे फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल ५ बजेर १५ मिनेटमा फर्कने गरि रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाले बताए ।

उनले यसरी नै रेल्वे नियमितरुपमा सञ्चालन हुने बताए। गत फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रुबिहीन) रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ।

रेल्वे स्टेशनमा सजाउने कार्य अन्तिम चरणमा पुगेको छ। उद्घाटनस्थल जयनगर र जनकपुरमा समेत भव्यरुपमा मण्डलाको निर्माण गरिएको छ। रेल्वेका महाप्रबन्धक झाले दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरे लगत्तै रेल्वे संचालनमा आउने छन्।

विक्रम संवत १९९४ सालमा इस्ट इन्डिया कम्पनी सरकारले नेपालको जंगलबाट काठ लैजानका लागि रेल्वे लाइन विस्तार गरिएको थियो। त्यो बेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो।

पछि भारत सरकारले १८ वटा बग्गीसहित बाष्प इन्जिन सहयोग गरेको थियो भने सो सेवा २०६१ माघबाट बन्द भएको थियो। अहिले न्यारोगेजबाट ब्रोडगेजमा परिणत गरिएको छ । सोही अनुसारको तयारी गरिएको छ।

Logo