कतार विश्वकपको ‘ड्र’ आज सार्वजनिक हुँदै

कतार विश्वकपको ‘ड्र’ आज सार्वजनिक हुँदै

केन्द्रबिन्दु
0
Shares

कतार विश्वकप–२०२२ को ‘ड्र’ आज (शुक्रबार) सार्वजनिक हुँदैछ। आयोजक राष्ट्र कतारको ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर’ मा हुने ‘ड्र’ नेपाली समयानुसार राति पौने १० बजे सुरु हुनेछ। 

हालसम्म विश्वकप खेल्ने ३२ टोलीमध्ये २९ टोलीले आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। बाँकी तीन टोलीको टुङ्गो भने प्लेअफबाट लाग्नेछ। 

अब युरोपियन प्लेअफबाट एक, एसियन–दक्षिण अमेरिकी प्लेअफबाट एक र उत्तर अमेरिका–आसियाना प्लेअफबाट एक टोली गरि तीन देशले विश्वकपमा स्थान बनाउन बाँकी छ।

फिफाले छनोट भएका ३२ टोलीलाई फिफा वरीयताअुनसार चार ‘पोट’मा विभाजन गरेको छ। प्रत्येक ‘पोट’मा आठ टोली छन्। यसरी आठ पोटमा चार चार राष्ट्र रहि समूह निर्धारण गरिनेछ।

Logo