आइपीएल: कोलकत्ताको लगातार दोस्रो जित

आइपीएल: कोलकत्ताको लगातार दोस्रो जित

केन्द्रबिन्दु
0
Shares

पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ। शुक्रबार राति पन्जाबले दिएको १३८ रनको लक्ष्य कोलकत्ताले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

कोलकत्ताको जितमा आन्द्रे रसेलले अविजित रहँदै ७० रन बनाए। यस्तै कप्तान श्रेयस आयरले २६ र साम विलिङ्सले अविजित २४ रन बनाए।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले १८ ओभर २ बलमा अलआउट हुँदै १३७ रन बनायो। पन्जाबका लागि भानुका राजपाक्षेले ३१ रन जोड्दा कागिसो राबडाले २५ रन बनाए।

लियाम लिभिङस्टोनले १९, शिखर धवनले १६ तथा हारप्रित ब्रारले १२ रन बनाए। कोलकत्ताका उमेश यादवले ४ विकेट लिँदा टिम साउथीले २ विकेट लिए।

जितसँगै कोलकत्ताले ३ खेलबाट ४ अंक जोड्दै  शीर्ष स्थानमा उक्लिएको छ। पन्जाबको भने यो पहिलो हार हो। पन्जाबकाे २ खेलमा २ अंक छ।

Logo