मोदीले पुरानै आश्वासन दोहाेर्‍याए, भने–’पञ्चेश्वर परियोजना तीव्ररुपमा अघि बढ्छ’

मोदीले पुरानै आश्वासन दोहाेर्‍याए, भने–’पञ्चेश्वर परियोजना तीव्ररुपमा अघि बढ्छ’

केन्द्रबिन्दु
0
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले पञ्चेश्वर परियोजनालाई तीव्ररुपमा अघि बढाउने आश्वासन नेपाललाई दिएका छन्।  

नयाँदिल्लीमा शनिबार दुई देशका प्रधानमन्त्री सम्मिलित नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले उक्त आश्वासन दिएका हुन्। 

‘पञ्चेश्वर परियोजना तीव्ररुपमा अघि बढाउन जोड दिएका छौं। यो परियोजना यस क्षेत्रका जनताको लागि एउटा गेम चेन्जर परियोजना हुनेछ,’ भारतीय प्रधानमन्त्री मोदीले भने । 

भारतीय आनाकानीका कारण सम्झौता भएको लामो समय बितिसक्दा पनि पञ्चेश्वर परियोजनाले गति लिन सकेको छैन । 

नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा होस् वा भारतीय प्रधानमन्त्री नेपाल आउँदा प्रत्येक पटक पञ्चेश्वर मुद्दा उठ्ने गरेको छ। प्रत्येक पटक भारतीय पक्षले पञ्चेश्वर परियोजनालाई तीव्ररुपमा अघि बढाउने आश्वासन दिंदै आएको छ। यसपटक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको बेला पनि भारतीय प्रधानमन्त्रीले सो आश्वासन दिएका हुन्। 

‘नेपाल बढी भएको विद्युत भारतमा निकासी गरिरहेको छ। यो राम्रो कुरा हो। यसले नेपालको विकासमा सहयोग गर्नेछ,’ मोदीले भने । 

मोदीले प्रधानमन्त्री देउवा भारतको पुरानो साथी भएको उल्लेख गर्दै भारत र नेपालको मित्रता तथा जनताको सम्बन्ध विश्वमा कहिं कतै देख्न नपाइेने दाबी गरे।

‘हाम्रो सम्भयता, संस्कृति प्राचिनकालदेखि जोडिएको छ। सदियौंदेखि हामी सुख–दुःखका साथी बनेका छौं,’ भारतीय प्रधानमन्त्री मोदीले भने। भेटवार्तामा व्यापार र सबै प्रकारका क्रस बोर्डर कनेक्टीभिटीमा जोड दिएको उनले जनाए।

Logo