प्रधानमन्त्री देउवाले मागे भारतसँग थप तीन वटा नयाँ हवाई रुट

प्रधानमन्त्री देउवाले मागे भारतसँग थप तीन वटा नयाँ हवाई रुट

केन्द्रबिन्दु
0
Shares

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग थप तीन वटा नयाँ हवाई रुट मागेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा नयाँ तीन वटा हवाई रुट उपलब्ध गराउन अनुरोध गरिएको हो। 

‘हामीले सडक, रेल र हवाई कनेक्टीभिटीका क्षेत्रमा छलफल गर्यौं,’ नेपाल–भारत उच्चस्तीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई रुटको लागि अनुरोध गरेका छौं।’ 

प्रधानमन्त्रीको रुपमा पाँचौं पटक भारत भ्रमणमा रहेका देउवाले कोरोना नियन्त्रणमा खोप उपलब्ध गरि सहयोग गरेकोमा भारत र भारतीय जनतालाई धन्यवाद दिएका थिए। भारतीय प्रधानमन्त्रीसँगको भेटमा राजनीतिक, आर्थिक र सामाजिक सबै पक्षमा गहन कुराकानी भएको उनले जनाए । 

उनले नेपाल र भारतले समावेशी विकासको साझा उद्देश्य लिएकोसमेत बताए। भारतसँगको सम्बन्ध नेपाललाई निकै महत्वपूर्ण रहेको भनाइ उनको थियो। ‘भारतको समृद्धि र विकासबाट हामी पनि फाइदा लिन चाहन्छौं,’ प्रधानमन्त्री देउवाले भने। 

Skip This
Skip This
Logo