सक्रिय संक्रमितकाे संख्या एक हजारभन्दा तल, ११ जनामा कोरोना संक्रमण पुष्टि

सक्रिय संक्रमितकाे संख्या एक हजारभन्दा तल, ११ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप ११ जनामा काेरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर ३ हजार ३३६ नमूना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो। 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ९० जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ९४२ जना सक्रिय संक्रमित रहेका छन्।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेहरुको संख्या ५६ हजार ९९३ रहेको पनि मन्त्रालयले जनाएको छ।

Logo