प्रधानमन्त्रीको रुपमा होइन पार्टी सभापतिको रुपमा भाजपा कार्यालय भ्रमण : परराष्ट्र मन्त्री

प्रधानमन्त्रीको रुपमा होइन पार्टी सभापतिको रुपमा भाजपा कार्यालय भ्रमण : परराष्ट्र मन्त्री

केन्द्रबिन्दु
0
Shares

परराष्ट्र मन्त्री नारायण खड्काले शेरबहादुर देउवा प्रधानमन्त्रीको रुपमा नभइ कांग्रेस सभापतिको रुपमा भाजपा कार्यालय भ्रमणमा गएको तर्क गरेका छन्। 

तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले देउवा सभापतिको रुपमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा पुगेको दाबी गरेका हुन्। 

प्रधानमन्त्री कुटनीतिक मर्यादामा नरहेको विषयको खण्डन गर्दै उनले सभापति भएको नाताले कांग्रेसले दुवै देशसँग मैत्री पूर्ण सम्बन्ध राखेको बताए। 

चीनको कम्युनिस्ट पार्टीका साथमा भारतीय कांग्रेस र भाजपासँग कांग्रेसको राम्रो सम्बन्ध रहेको बताए। दे‍उवा कांग्रेस सभापतिको रुपमा सम्बन्ध कायम राख्न भाजपा कार्यालय पुगेको उनको भनाइ छ। 

Logo