श्रीलंकाकाे केन्द्रीय बैंकका गभर्नरले दिए राजीनामा

श्रीलंकाकाे केन्द्रीय बैंकका गभर्नरले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन्। बिग्रँदै गएको आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेका बेला गभर्नर अजित काब्रालले सोमबार पदबाट राजीनामा दिएका हुन्।

यसअघि श्रीलंकाको मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिएका थिए। श्रीलंकामा पछिल्लो समय चरम आर्थिक संकट देखिएको छ। खाद्यान्न औषधि जस्ता अत्यावश्यक सेवाकोसमेत अभाव हुन थालेको छ।  

देशमा दैनिक १२ घन्टासम्म लोडसेडिङ हुने गरेको छ। आर्थिक संकटको विरोधमा सर्वसाधारण नागरिक सडकमा उत्रिएपछि कर्फ्यू लगाइएको छ। 

Skip This
Skip This
Logo