निर्वाचनमा सत्तागठन्धन एक ढिक्का भएर मैदानमा उत्रिनु पर्छ : ईन्द्र बानियाँ

निर्वाचनमा सत्तागठन्धन एक ढिक्का भएर मैदानमा उत्रिनु पर्छ : ईन्द्र बानियाँ

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले गठबन्धन तीनै तहमा हुने बताएका छन्। कांग्रेस हेटौंडा उपमहानगर समितिले सोमबार हेटौंडामा आयोजना गरेको नगर भेलालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दललाई धोका दिन नमिल्ने बताएका हुन्।

‘सत्ता साझेदार दलबीच गठबन्धन हुन्छ। पार्टीले गरेको निर्णयको पछि लाग्नुहोला’, उनले भने, ‘कोही कसैले पनि आफू केन्द्रीत राजनीति नगरौं। कांग्रेसले गरेको निर्णयको खिलापमा जाने अधिकार कसैलाई छैन।’ नेता बानियाँले कांग्रेस पद्दतीमा चल्ने पार्टी भएकोले स्थानीय तहको निर्वाचनमा पदका लागि प्रतिस्पर्धा बढेपनि मिलेर जानुको विकल्प नरहेको बताए।

प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँले स्थानीय तहको निर्वाचनमा सत्तागठन्धन एक ढिक्का भएर मैदानमा उत्रिनुपर्ने बताएका छन्। उनले गठबन्धन गर्ने विषयमा पार्टीमा सर्वसम्मतरुपमा निर्णय भएको र निर्णय नमान्नेले पार्टी छाड्दा हुने बताएका छन् ।

‘पार्टीको निर्णय अन्तिम निर्णय हो। सोही अनुसार अगाडि बढ्नुपर्छ।’ उनले भने ‘गठबन्धनले उचित स्थानमा आवश्यकता र औचित्यको आधारमा टिकट वितरणको निर्णय गर्नेछ। पार्टीले गरेको निर्णय नमान्ने र मतदान गर्दैनौं भन्नेहरु पार्टी छाडेर जाँदा हुन्छ।’ उनले पार्टीमा सधैं एउटै व्यक्तिले टिकट नपाउने दाबी गरे।

Logo