बन्दिपुरमा भूमिहीनलाई निस्सा वितरण

बन्दिपुरमा भूमिहीनलाई निस्सा वितरण

केन्द्रबिन्दु
0
Shares

तनहुँको बन्दिपुर गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले सोमबारदेखि निस्सा वितरण सुरु गरेको हो । 

राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौताबमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनका अनुसार बन्दीपुर गाउँपालिका-१ बाट निस्सा वितरण थालिएको छ । सो वडाका ७४ जनालाई निस्सा वितरण गरिएको र सबै वडामा निस्सा वितरण गरिने अध्यक्ष थापाले बताए ।

अध्यक्ष थापाका अनुसार गाउँपालिकाका ६ वटै वडामा करिब ३२५ भूमिहीनलाई निस्सा वितरण गरिनेछ । “भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नका लागि निस्सा वितरण गरेका हौँ । निस्सा दिएपछि अब लालपुर्जा पनि पाइन्छ भन्ने स्थानीयवासीलाई हौसला दिएका छौँ”, उनले भने । 

गाउँपालिकाले मंगलबार वडा नं ४ र ५ मा निस्सा वितरण गर्दैछ । वडा नं ४ मा ७८ र ५ मा ८४ जनालाई निस्सा वितरण गरिने थापाले बताए । “निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्छ”, उनले भने ।

Skip This
Skip This
Logo