नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले नयाँ वर्ष २०७९ लाई लक्षित गरि नयाँ अफर ल्याएको छ।
‘नयाँ वर्ष आयो हिरोको अफर पायो’ ट्यागलाइनमा उपलब्ध अफर अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा पक्का डिस्काउन्टदेखि बम्परसम्मको अफर पाइने बताइएको छ।
यस अन्तर्गत कुनै नयाँ बाइक वा स्कुटर किन्दा स्क्र्याच कार्ड पाइने र त्यसबाट १ लाख रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ। त्यसैगरी बम्पर पुरस्कारको रुपमा १ लाख रुपैयाँ उपलब्ध हुनेछ।
हिरोले शून्य प्रतिशत ब्याजदरमा बाइक र स्कुटर लिन सकिने व्यवस्था गरेको छ। त्यसैगरी पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ बाइक वा स्कुटर एक्सचेन्ज गर्न सकिने सुविधासमेत उपलब्ध छ।
हिरोका विभिन्न मोडलका बाइक र स्कुटर नेपाली बजारमा उपलब्ध छन्। हालै तीन नयाँ मोडल एक्सपल्स २०० फोरभी, ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज १२५ नेपाली बजारमा उपलब्ध गराएको छ।
भक्तपुरको सल्लाघारीमा एक्सचेन्ज क्याम्पसमेत संचालन भइरहेको छ।





























प्रतिक्रिया