निर्वाचन आयोगले दलहरुलाई बोलाएको छलफलमा चर्काचर्की भएको छ।
निर्वाचन आयोगले ०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको मंगलबारको छलफलमा चर्काचर्की भएको छ । आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफल बिनै हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरुले आपत्ति जनाएर विरोध गरेका हुन् ।
दलहरुले उठेर आपत्ति जनाउन थालेपछि केहीबेर बैठक नै प्रभावित हुन पुगेको थियो । आयोगले दलका प्रमुख तथा प्रतिनिधिहरुलाई छलफलमा बोलाएको भएपनि कतिपय दलका अध्यक्ष र केन्द्रीय सदस्यहरुसमेत उपस्थित भएका भन्दै केही दलहरुले आपत्तिसमेत जनाएका थिए।





























प्रतिक्रिया