प्रेस काउन्सिलद्वारा पत्रकार ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण माग

प्रेस काउन्सिलद्वारा पत्रकार ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण माग

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रेस काउन्सिलले पत्रकार ऋषि धमलालाई स्पष्टीकरण सोधेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा चढेको विमानभित्रबाट प्रत्यक्ष प्रसारण गरेकाे भन्दै काउन्सिलले धमलालाई स्पष्टीकरण साेधेकाे हाे ।

कर्मचारीले रोक्दारोक्दै निषेध गरिएको स्थानमा बलजफ्ती प्रवेश गर्नुको कारण २४ घन्टाभित्र पेस गर्न काउन्सिलले धमलालाई पत्र पठाएको हो।

शुक्रबार प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानभित्र धमलाले  प्रत्यक्ष प्रसारण गरेका थिए। उनी प्रधानमन्त्रीसँग कुराकानी गर्ने भन्दै जहाजका कर्मचारीलाई पेलेर इकोनोमी क्लासबाट बिजनेस क्लासमा प्रवेश गरेका थिए। 

काउन्सिलले पठाएको पत्रमा भनिएको छ, ‘सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी वायुसेवाका सम्बद्ध कर्मचारीले प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्तीरूपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृष्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो ? त्यहाँबाट पटक-पटक यस्तो गैरपेशागत क्रियाकलाप किन हुन पुगेको हो ?’
 

Skip This
Skip This
Logo