‘महन्थ ठाकुरको स्वास्थ्य अवस्था सामान्य’

‘महन्थ ठाकुरको स्वास्थ्य अवस्था सामान्य’

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ। स्वास्थ्यमा समस्या आएपछि भैरहवाबाट हेलिकप्टरमा ल्याएर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको लोसपा कार्यकारिणी सदस्य सुरेन्द्र झाले जानकारी दिए। 

उनका अनुसार प्रारम्भिक परीक्षणमा ठाकुरको स्वास्थ्य अवस्था सामान्य देखिएको छ। ‘उपचारमा संलग्न चिकित्सकले दिएको जानकारीअनुसार अध्यक्षज्यूको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ झाले भने । 

पार्टीको कार्यक्रममा भैरहवामा हुँदा सामान्य ज्वरो, पखाला तथा डिहाइड्रेशनसमेत देखिएकोले हेलिकप्टरबाट मेडिसिटी अस्पतालमा ल्याएर उपचार भइरहेको उनले बताए। 

गम्भीर समस्या नदेखिएको भन्दै झाले भने, चिकित्सकहरूको ब्रिफिङअनुसार प्रारम्भिक जाँचमा स्वास्थ्य अवस्था सामान्य रहेको र गम्भीर समस्या केही देखिएको छैन।’ 

Logo