बैतडीमा चुनावी तालमेल गर्न तीन दलको संयन्त्र

बैतडीमा चुनावी तालमेल गर्न तीन दलको संयन्त्र

केन्द्रबिन्दु
0
Shares

आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गर्न बैतडीमा तीन दलले जिल्ला स्तरीय संयन्त्र गठन गरिएको छ ।

सत्ता साझेदार दलहरूमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको आज बसेको संयुक्त बैठकले स्थानीय तहहरूमा चुनावी तालमेल गर्न जिल्ला स्तरीय संयन्त्र गठन गरेका हुन् ।

बिहबार बसेको बैठकको निर्णयअनुसार गठबन्धनमा रहेका दलहरूको केन्द्रीय परिपत्र तथा निर्देशनअनुसार जिल्लामा गठबन्धनको प्रभावकारिता एवं छलफलको लागि जिल्ला स्तरीय संयन्त्र गठन गरिएको हो । 

उक्त संयन्त्रमा कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, नेकपा माओवादी केन्द्रका जिल्ला सयोजक संकर भण्डारी र नेकपा एसका इन्चार्ज प्रमानन्द भट्ट रहेका छन् । 

यसैगरी, जिल्लामा रहेका १० ओटै स्थानीय तहमा गठबन्धनको केन्द्रीय सर्कुलरअनुसार निर्णय गर्ने बताइएको छ ।  
 

 

Logo