शनिवारबाट संघीय राजधानीमा काठमाडौं युथ कन्क्लेभ सुरु हुने भएको छ । उक्त कन्क्लेभमा ५ हजारभन्दा बढी युवाहरूको सहभागिता रहने छ।
युनिभर्सल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा कलेज, काठमाडौं मोडल सेकेन्डरी स्कुल, अपोलो इन्टर नेशनल स्कुल र हिमालय कलेजको संयुक्त आयोजनामा चैत २६ गते यो कार्यक्रम हुन लागेको हो ।
प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका गगन थापा, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर सिंह, र्यापर बालेन शाह, पर्यटन व्यवसायी तथा लेखक कर्ण शाक्य, नबिल बैंकका सीईओ अनिल केशरी शाह, पूर्व मिस नेपाल अनुस्का श्रेष्ठलगायतले बोल्नेछन् ।
गायक सुशान्त केसी, स्ट्यान्ड अफ कमेडियन भरतमणि पौडेल र डान्सर सविन कार्कीले पनि प्रस्तुति दिनेछन्।





























प्रतिक्रिया