भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल भएको छैन् : पुष्पकमल दाहाल

भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल भएको छैन् : पुष्पकमल दाहाल

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन् । 

पत्रकारहरुसँग कुराकानी गर्दै उनले आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताए । 

उनले भने, ‘मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो ।’ अर्को एक फरक प्रसङ्गमा उनले  भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताए । उनले भने, ‘छलफलबाट निकास निकाल्छौँ । केही समस्या छैन ।’
 

Logo