संसदीय चुनावमा तीन सिट ल्याएर देखाउन नेकपा एसलाई केपी ओलीको चुनौती

संसदीय चुनावमा तीन सिट ल्याएर देखाउन नेकपा एसलाई केपी ओलीको चुनौती

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् । 

अध्यक्ष ओलीले पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको पुष्पकमल दाहाल र २३ सिट दिएको माधवकुमार नेपालले त्यसको दूरुपयोग गरेको दाबी गरे । आफुले गरेको सहयोगको अवमूल्यन गर्दै पार्टी फुटाउने काम गरेको भन्दै ओलीले आक्रोश व्यक्त गरे । शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले आगामी संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन माधव नेपाललाई चुनौती दिए । जनादेशको दूरुपयोग गर्नेहरुलाई देखाउने गरी चुनावको तयारी गर्न पनि पार्टी निकट स्वास्थ्यकर्मीलाई अध्यक्ष ओलीले निर्देशन दिए ।

उनले भने, ‘५४ सिट दिइयो प्रचण्डलाई । तर भस्मासुर शैलीमा त्यसलाई दुरुपयोग गरे । ४ वटा सिट आउँदैन भनेर हामीसँग प्रचण्ड मिलेको होईन । माधव नेपाल २२÷२३ सिट ल्याउने हुत्ति भएको मानिस हो ? उनको नेतृत्वमा । अव ३ सिट ल्याएर देखाउन त ? त्यो हुत्ति भएका मान्छे हुन । तर पार्टी भित्रको कुरा दिइयो साथीहरुलाई । यो हिजोको चुनावको परिणाम हो । अव आजको चुनावको परिणाम होईन । म साथीहरुलाई भन्न चाहन्छु–अव बैशाख ३० को चुनावको परिणाम र त्यसपछिको चुनावको परिणाम बेग्लै हुन । त्यो बेग्लै बनाउन तपाई हामी लाग्नु पर्दछ नागरिकको हैसियतले ।’

अध्यक्ष ओलीले एउटा नागरिकको हैसियतले सरकारले गरेका राम्रा कामको समर्थन गर्न र नराम्रा कामको विरोध गर्न पनि स्वास्थ्यकर्मीहरुले सक्नुपर्ने बताए । मेडिकल कलेज र इन्जिनियरिङ कलेज खोल्नै नदिन मतियारहरु सक्रिय रहेको दाबी गर्दै अध्यक्ष ओलीले विद्यार्थी बाहिर पढाउने र कमिशन खान पल्केकाहरुले नै नेपालजस्तो स्वास्थ्यको हव बन्न लायक मुलुकमा मेडिकल कलेज नै खोल्न नदिने अवस्था आएको तर्क गरे ।

ओलीले भने,  ‘स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्वहरु सक्रिय छन् । एकदमै सक्रिय छन् । नेपालमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने, स्वास्थ्य शिक्षाको नियोजन गर्न खोज्ने, यहाँ त स्वास्थ्यको, स्वास्थ्य शिक्षाको त हव हुनुपर्छ । विश्वको शिक्षा केन्द्र हुनुपर्दछ यो । विश्वको हेल्थ युनिभर्सिटी हुनु पर्दछ नेपाल । विश्व हेल्थका निम्ति मोडल हस्पिटलहरु हुनुपर्दछ यहाँ । नामको मोडेल भनेको होईन मैले । कामको मोडल हुनुप¥यो । यहाँ त एउटा म नखाउ त नखाउ भनेपछि सरकार थरर । अनि एकथरी विद्यार्थी बाहिर पठाउने मतियार छन् र त्यसबाट कमिसन खान्छन । तिनीहरुले फेसबुक क्याम्पियन चलाउँछन् । यहाँ खोल्न नपाउने इन्जियनियरिङ र मेडिकल छन् के । जे सुकै खोल्नुस तर यहाँ हेल्थ एजुकेशन चलाउन पाईदैन । धेर भईसक्यो यहाँ । यहाँ विद्यार्थी बाहिर पठाउने कारोबारमा नोक्सान पर्न थालिसक्यो । इन्जिनियरिङ कलेज खोल्नका लागि पूर्वाधार तयार छ । भवन तयार छ । टिचर तयार छन । तर स्विकृति दिइदैन । यहाँ खोल्न मिल्दैन । राष्ट्रिय हितलाई केन्द्रमा राखेर बोल्नुपर्छ हामीले ।’

त्यस अवसरमा अध्यक्ष ओलीले परीक्षण ल्यावसम्म नभएको अवस्थामा कोभिड नियन्त्रणका लागि तत्कालीन आफू नेतृत्वको सरकारले असाधारण सफलता हासिल गरेको दाबी गरे ।  

  

Skip This
Skip This
Logo