एक वडा एक चिकित्सक राख्न सके स्वास्थ्यलाई सर्वसुलभ बनाउन सकिन्छ : बाबुराम भट्टराई

एक वडा एक चिकित्सक राख्न सके स्वास्थ्यलाई सर्वसुलभ बनाउन सकिन्छ : बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी जसपा का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बजेट बढाएर स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्‍यउनुपर्ने बताएका छन् । 

 राष्ट्रिय योजना आयोगले आज यहाँ आयोजना गरेको ‘नेपालको स्वास्थ्य क्षेत्रमा वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले आगामी आर्थिक वर्षको बजेट बढाएर स्वास्थ्य सेवाको गुणस्तर तथा सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्‍यउनुपर्ने बताए । 

उनले संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क गराउने उल्लेख गरिएपनि त्यो पुरा गर्न नसकिएको बताए । 

‘राज्यले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा निःशुल्क दिनुपर्दछ भनेर हामीले नै संविधानमा राखेका छौँ’, उनले भने, ‘तर अहिले व्यवहारतः कार्यान्वयन गर्न सकिएको छैन । आगामी आर्थिक वर्षमा बजेटको आकार बढाएर स्वास्थ्य सेवा निःशुल्क गराउनतर्फ लाग्नुपर्दछ ।’

उनले राज्यबाट सञ्चालित रहेका स्वास्थ्य संस्थालाई बलियो बनाई जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने धारणा राखे । 

उनले स्वास्थ्य र शिक्षालाई मुनाफारहित बनाउनुपर्ने भन्दै निजी क्षेत्रको स्वास्थ्य सेवालाई कडाइका साथ अनुगमन गर्नुपर्ने बताए । उनले, ‘स्वास्थ्य र शिक्षामा मुनाफा हुनुहुँदैन निजी क्षेत्रलाई खुला छाड्नुहुँदैन । कडाइका साथ अनुगमन गर्नुपर्दछ ।’ एक वडा एक चिकित्सक राख्न सके स्वास्थ्यलाई सर्वसुलभ बनाउन सकिन्छ ।  

Logo