कुन-कुन हुन् कोरोना संक्रमणमुक्त नेपालका ७ जिल्ला ?

कुन-कुन हुन् कोरोना संक्रमणमुक्त नेपालका ७ जिल्ला ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालका ७ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । यस अघि सबै जिल्लामा कोरोना पुष्टि भए पनि अहिले निको हुने जिल्लाको संख्या ७ पुगेको हो । यसरी संक्रमित शुन्य हुने जिल्लाहरुमा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र म्याग्दी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा सुनसरी, सर्लाही, काठमाडौं, रुपन्देही र चितवन रहेका छन् ।

यता काठमाडौं उपत्यकामा आज ६९६ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना थपिएका हुन् । विहिबार ५७२ जना थपिएका थिए ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ८,७२६ , भक्तपुरमा ८९० र ललितपुरमा १,०९२ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको कूल संख्या १०,७०८ पुगेको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । आज निको हुनेको संख्या ९७२ जना छ । विहिबार १,८१८ जना निको भएका थिए । बुधबार ९१८ जना निको भएका थिए । मंगलबार २,२८७ जना निको भएका थिए । आज १०,७०१ पिसिआर गरिएको थियो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । आज मात्र ५ जनाको मृत्यु भएको छ । मंगलबार र बुधबार ६/६ जनाको मृत्यु भएको थियो । विहिबार पनि ५ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५१,९१९ पुगेको छ । आज १,४५४ जना थपिएका छन् । विहिबार १,२४६ जना थपिएका थिए । बुधबार १,०८१ जना थपिएका थिए । यस्तै मंगलबार ९०२ जना थपिएका थिए ।

Logo